अछाममा चट्याङले एकै गाउँका १७ जना घाइते, आठको अवस्था गम्भीर

Posted on: 24 Jan, 2019

माघ १०, अछाम । अछाममा बुधबार बेलुकी एकै पटक तीनवटा घरमा चट्याङ पर्दा एकै टोलका १७ जना घाइते भएका छन् । घाइते मध्येमा आठ जनाको अवस्था गम्भीर रहेको छ ।

चट्याङ लागेर गम्भीर घाइते हुनेमा उक्त नगरपालिकाका पुल्लेतोला निवासी ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया धर्मा रावल, ३५ वर्षीया रामकला रावल र उनकै छोरी १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीया दिर्केश रावल, २२ वर्षीया भावना सुनारको अवस्था गम्भीर छ ।

यस्तै सोही चट्याङबाट सामान्य घाइतेमा २२ वर्षीया धना रावल, ४५ वर्षीय टेकबहादुर बटाला, १८ वर्षीया सिर्जना बटाला, १९ वर्षीया धिर्जा बटाला, २५ वर्षीया भावना बटाला, २२ वर्षीया मनसरा कामी, २१ वर्षीया कमला कामी, १३ वर्षीया दिपु कामी, ५० वर्षकी मना कामी सामान्य घाइते भएको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

घाइतेहरुको सोही वडाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीको टोली गएपछि थप उपचारका बारेमा टुंगो लाग्ने वडा अध्यक्ष गोविन्दबहादुर रावलले बताए । धेरैका हाटखुट्टा र शरीर नचलेको र टाउको र शरीरमा चोट रहेको उनले बताए ।

धना र भावनाको घरको दक्षिणतिरको ढोकामा क्षति भएको छ भने गोरे कामीको एउटा गाइको मृत्यु हुनुका साथै घरको ढोकामा क्षति भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!