अछामसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा निरन्तर वर्षा र हिमपात, जनजिवन कष्टकर

Posted on: 26 Jan, 2019

कमल रावल । माघ ११, अछाम । निरन्तरको वर्षा र हिमपातका कारण अछाम सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । ५ दिनदेखी भईरहेको मौसम बदली संगै केही दिन यताको निरन्तरको वर्षा र हिमपातले उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो । 

सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला, डोटी र डडेल्धुराका उच्च भुभागमा हिउ परेपछी चिसो असाध्यै बढेको छ । बिहिबार घाम लागेपनी रातीदेखी फेरी मौसम बदली भएर शुक्रबार बिहानै देखी पानी पर्न सुरु भएको थियो । 

अछामका उच्च लेकाली भूभाग खप्तड क्षेत्र, रामारोशन क्षेत्र, मेल्लेखको ऋषिदह, षोडशा लगायतका ठाउँमा हिमपात र चिसोका कारण जनजीवन प्रभावित भएको छ । यस्तै अन्य क्षेत्रमा पनी लगातार परिरहेको पानीले जनजीवन अस्तब्यस्त बनाएको मंगलसैन १ का स्थानीय नेत्रबहादुर साउदले बताउनुभयो । चिसोका कारण बिद्यालयमा पढाई प्रभावित भएको र पशुचौपायालाई चराँउन तथा घाँसपात गर्न तथा मान्छेहरुलाई काममा निस्कन समेत समस्या भएको उहाँको भनाई छ । 

यसअघि उच्च भुभागमा हिमपात भएको भएपनी शुक्रबार दिउसो देखी गाउँसम्मै हिउ परेपछी जनजीबन थप कष्टकर बन्दै गएको षोडशाका स्थानीय बिष्णु भट्राईले बताँउनुभयो । 

हिमपात र वर्षाका कारण हिउदेबालिका लागि भने निकै फाईदा भएको भन्दै किसानहरु खुसी भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!