चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु

Posted on: 26 Jan, 2019

माघ १२ मुग्लिन  | चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २ छापडाँडाका २५ वर्षीय राजु चेपाङको गएराति घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मैनालीले जानकारी दिनुभयो । 

चट्याङ लागेर एक भैँसी र गाईसमेत मरेको उहाँले बताउनुभयो । अहिले मुग्लिन इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ गइसकेको प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!