हवाईसेवा अवरुद्ध

Posted on: 27 Jan, 2019

माघ १३, हुम्ला (रासस) | हुम्लामा हिमपातपछि सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सिमकोट विमानस्थलको हिउँ पन्छाउने थालिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार हवाईसेवा बन्द हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानेलाई समस्या भएकाले हिउँ फाल्ने कार्यलाई निरन्तरता दिइएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीदगायतले हिउँ पन्छाउन थालेका छन् । 

हवाईसेवा बन्द हुँदा जिल्लामा दैनिक उभोग्य सामानको अभाव भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!