सुनसरीको जुट गोदाममा आगलागी, एक करोड ३८ लाखको सामान क्षति

Posted on: 28 Jan, 2019

माघ १४, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा करिव रु एक करोड ३८ लाखको सामान क्षति भएको छ । 

स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४५० क्विन्टल धान, पाँच हजार मन जुट (सनपाट पटुवा)मा जल्नाका साथै गोदाममा समेत क्षति पुगेकाले सो मूल्य बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो । 

दुहबी, इनरुवा नगरपालिका र ईटहरी उपमहानगरपालिकाबाट गएको बारुणयन्त्रण, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!