निर्मला पन्तको आमा दुर्गादेवीको डीएनए रिपोर्ट यस्तो आयो

Posted on: 28 Jan, 2019

माघ १४, काठमाडौं | बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको भजानइल स्वाव र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल मिलेको छ । 

‘भजानइल स्वाव’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो । 

दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!