सल्यानमा शनिबार राती परेको चट्याङले ६ लाख बराबरको क्षति

Posted on: 28 Jan, 2019

माघ १४, सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं ४ देउलिमा शनिबार राति ९:३० बजे परेको चाट्याङले ६ लाख ४३ हजार ८ सय बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । 

स्थानीय झम्पा कुमारी बुढाको घरमा शनिबार राती परेको चट्याङले ४ कोठाको मटि छानो भएको घरको भित्ता (बाल) ठाउँ ठाउँमा चरकिएको छ भने घरमा भएका १ वटा गोरु, १ वटा भेडा, मरेका छन । भने एउटा २० वाटको सोलार र एउटा मोबाइल पट्किएको र आफू र छोरा सहित पशुचौपाय भए पनि अन्य केही क्षेती नगरेको पीडित झम्पा कुमारी बुढाले जानकारी दिएकी छन  ।  मोबाइल साथमा भएको बेला पटकिएको कारण आफुलाइ केही समस्या भएको तर ठुलै क्षेती नगरेको पीडित बुढाले बताएकी छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!