स्थानीय तहपिच्छे कर नलगाउन माग

Posted on: 28 Jan, 2019

माघ १४, विदुर (रासस) | कवाडीका सामानमा स्थानीय तहपिच्छे कर लगाउँदा व्यवसाय नै समस्यामा परेको भन्दै नुवाकोट कवाडी सङ्घले अवैज्ञानिक कर हटाएर व्यवसायमैत्री वातावरण बनाउन माग गरेको छ । व्यवसायीहरु कर तिर्ने विषयमा स्पष्ट भए पनि हचुवाका भरमा निर्धारण भएको करले व्यवसायीलाई समस्यामा पारेको उनीहरुको भनाइ छ । 

सङ्घले आज पत्रकार सम्मेलन गरी स्थानीय तहले निर्धारण गरेको अस्वाभाविक करका कारण कवाडी व्यवसाय समस्याग्रस्त बनेको छ भन्दै अवैज्ञानिक करलाई स्वीकार्न नसकिने स्पष्ट पारेको छ । 

व्यवसायीले नुवाकोटमा फलाम, खाली सिसी, प्लाष्टिकजन्य पदार्थ र पुरानो कागज सङ्कलन व्यवसायका कारण समग्र जिल्लाको आर्थिक समृद्धिमा समेत योगदान पुगिरहेको तथ्य नबिर्सन स्थानीय तहलाई स्मरण गराएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!