चितवनमा मोटरसाइकल पल्टिँदा एकको मृत्यु

Posted on: 31 Jan, 2019

माघ १७, रत्ननगर | भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

गए राति करीब १०:३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!