सुर्खेतको सिम्तामा वक्तृत्व कला, कविता र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Posted on: 31 Jan, 2019

इन्द्र बुढाथोकी । माघ १६, सुर्खेत । सहिद दिवसको अवसरमा सुर्खेत सिम्ता गाउँपालिकाको शिक्षक महासङ्घको आयोजना एवम् सिम्ता गाउपालिका शिक्षा साखाको समन्वय र सिम्ता गाउपालिकाको सुर्खेतको सहयोगमा बुधबार गाउँपालीकाका ९ वटै वडाका प्रथम ९ वटा प्रावि बाट हाजिरी जवाफ, ११ वटा निमावि बाट कविता र १० वटा मावि बाट वकृत्वकला प्रतियोगितामा बिध्यालयहरु श्री बागेश्वरी मावि राकममा सम्पन्न गरिएको छ । 

जसको "गुणस्तरीय शिक्षामा विद्यार्थीको भुमिका" शिर्षकमा मावी स्तरीय वक्तृत्वकला तथा "बाल अधिकार" शिर्षकमा निमावि स्तरीय कविता र प्रावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । जसको वक्तृत्वकालामा १० वटा मावी सहभागिता भएका बिध्यालयबाट जसमा हिमालय मावी सिम्ता गापा वडा ९ चोल्पाका छात्रा नवीन बिक प्रथम , सरस्वती मावी सिम्ता गापा वडा न ९ काडासिम्ताकी छात्रा अनिता सिह दोश्रो, बागेश्वरी मावि सिम्ता गापा वडा न ६ राकमका छात्र दिपक गौतम तेस्रो र नेपाल राष्ट्रिय मावी सिम्ता गापा वडा न ३ लापु आग्रीगाउकी छात्रा चन्द्रकला सान्त्वना आएकी छन। साथै निमावि ११ वटा निमावि सहभागिता भएका बिध्यालयहरुबाट जसमा नेपाल राष्ट्रिय मावि सिम्ता गापा वडा न ८ खेल्नेचौर कि छात्रा कल्पना खड्का प्रथम, हिमालय मावि सिम्ता गापा वडा न ९ चोल्पाका छात्र सुगम चन्द दोश्रो , सरस्वती मावि सिम्ता गापा वडा न ९ काडा सिम्ताका छात्रा तुल्सा बिक तेस्रो र बागेश्वरी मावी सिम्ता गापा वडा न ६ राकमकी छात्रा विनिता खत्री सान्त्वना भएकि छन ।  साथै जसमा ९ वटा प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामामा  निमावि सिम्ता गापा वडा न ८ साहुखोलाको टिम प्रथम , जन आस्था प्रावि सिम्ता गापा वडा न ७ डोप्काको टिम दोश्रो, नेपाल राष्ट्रिय प्रावि वाडा न ६ ठिग्नी तेस्रो र नेपाल राष्ट्रिय प्रावी वडा न ९ कोटकाडाको टिम सान्त्वना भएका छन । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने सम्पुर्ण विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको छ ।  

सिम्ता क्षेत्रका ६० वटा प्राथामिक तहका प्रत्येक वडामा गत ११ गते भएकको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको आयोजनाबाट प्रथम आएका बिध्यालयहरुबाट आज पुन सहिद सप्ताहाको अवसरमा कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल शिक्षक महासङ्घ सुर्खेतका अध्यक्ष कृष्ण थापाको प्रमुख अतिथि ,सिम्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर हमाल लगाए वडा अध्यक्ष , कार्यापालिका सदस्य, विभिन्न बिध्यालयका शिक्षक लगाएतको अतिथि रहेको थियो । कार्यक्रमको शिक्षक महासङ्घ सिम्ताका अध्यक्ष टोप ब खत्रीको अध्यक्षता र शिक्षक  रमेश महतराको सन्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!