क्रसर उद्योग बिरुद्ध आन्दोलनको घोषणा

Posted on: 31 Jan, 2019

भास्कर के.सी | माघ १७, कञ्चनपुर | कञ्चनपुरको बेदकोटमा खुल्न लागेको एक क्रसर उद्योग संचालन बिरुद्ध स्थानीय आन्दोलित भएका छन् । बेदकोट नगरपालिका–९ सुन्दरपुरमा संचालन हुने सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग बिरुद्ध स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले बन्द हुनुपर्ने माग अघि सारेर आन्दोलनको घोषणा गरेका छन् । 

उद्योग संचालनकै समयमा दुई बर्ष अघि पनि स्थानीयले सडक आन्दोलन गरेका थिए, पुन स्थानीय अहिले पनि आन्दोलित भएका छन् । मानव बस्ती र उद्योग मापदण्ड विपरित संचालन हुन लागेको भन्दै स्थानीयले फेरी आन्दोलित हुन थालेका हुन् ।  बिहीबार स्थानीयले उद्योग संचालन बारे आम बेला बोलाएर बन्द गराउनका लागि संघर्ष गर्ने घोषणा गरेका छन् । निर्वाचित स्थानीय जनप्रतिनिधीले चुनावका बेला मानवविच बस्तीबाट उक्त क्रसर उद्योग हटाउने बन्द गर्ने प्रतिबद्धता जाहेर गरेपनि चुनाव सकिएको बषौँ वितिसक्दा पनि जनप्रतिनिधीले पहल नगरेका कारण बाध्य भएर आन्दोलित हुनु परेको स्थानीय बताउँछन् । 

स्थानीय पार्वती भट्टले झुक्याएर क्रसर उद्योग खोल्न लागेको बताउदै उद्योगबाट मानविय क्षति हुने भएकाले बन्द गराउनुपर्ने माग गरिन । भट्टले संचालन नहुदै धुलैधुलाले समेत मानविय जनजिवन प्रभावित भईरहेको बताउदै संचालन भएपछि झन समस्या निम्तिने बताए । उनले वातावरण, समाजिक दृष्ट्रिकोणबाट उद्योग संचालन भए मानव बस्ती संकटमा पर्ने भएकाले बन्द गरानुपर्नेमा जोडदिए । गाईपालन, थ्रिसर खोल्नका लागि भन्दै उतिबेला सहमति गराएर ठगेको उनको आरोप छ । 


नेवि संघका नेता समेत रहेका स्थानीय पुरन धामीले मापदण्ड विपरित उद्योग संचालन गरेर जनजिवन प्रभावित गर्न खोजिएको बताए । उनले जनप्रतिनिधीले समेत चुनावका बेला उद्योग बन्द गर्ने प्रतिबद्धता गरेपनि अहिले बन्द गराउनुको साटो उनीहरुसंग साँठगाँठ गरिरहेको टिप्पणी गरे । 

जनभावना विपरित काम भईरहेको आरोप लगाउदै उनले क्रसर उद्योग बन्द बिरुद्ध एकजुट हुन समेत आब्हान गरे । मठ, मन्दिर, विद्यालय, सडक खोला र मानव बस्तीमै क्रसर उद्योग खोलेर जनजिवनमा नकारात्मक असर पर्ने उनको दावि छ । 

जनप्रतिनिधीले समेत क्रसर उद्योग बन्द गराउन प्रतिबद्धता जाहेर गरेका छन् । बेदकोट नगर–९ का वडाध्यक्ष र सुप प्रदेश सभाका सदस्य लाल बहादुर खडकाले क्रसर उद्योग बन्द गराउन जनताले गर्ने संघर्षमा साथ सर्मथन रहने बताएका छन् । उनीहरुले शुक्रबार जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गरेको छलफलमा सहभागि भएर माग राख्न सुझाव दिएका छन् । 

वडाध्यक्ष धामीले जनप्रतिनिधी नभएको मौकामा विचौलियाले छलकपट गरेर उद्योग दर्ता गराएको आरोप लगाए । उद्योग संचालनबाट जनता र जनप्रतिधिीलाई प्रहार भएको संज्ञा दिदै उनले बेदकोट नगरपालिकाले उक्त क्रसर उद्योग बन्द गराउनका लागि कार्यापालिकाले निर्णय समेत गरेको बताए । जनभावनाको कदर गर्दै जनभावना विपरित कदम नचाल्ने उनको प्रतिबद्धता थियो । 

सुप प्रदेश सभाका सासद लाल बहादुर खडकाले कानुनी अस्पष्टताले समस्या भएको बताउदै उनले उक्त उद्योगका संचालक संग पटक पटक छेला औद्योगिक क्षेत्रमा उद्योग संचालनका लागि निवेदन आग्रह गरेपनि नदिएको बताए । उनले गृहमन्त्रीको अध्यक्षतामा गठित समितिबाट समेत स्थलगत अध्ययन गराएर आवश्यकता बुझि बन्द वा संचालन गर्न सकिने बताए । शान्तिपुर्ण आन्दोलनमा आफ्नो सर्मथन रहने उनको भनाई थियो । 

काँग्रेसका स्थानीय नेता समेत रहेका संघर्ष समितिका सचिव स्थानीय रुद्रलाल भट्टले उद्योग बन्द गराउनका लागि स्थानीय पुर्व एमालेका नेता नर बहादुर विष्टको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । सचिव भट्टले संघर्ष समितिले बेदकोट नगरपालिका–६, ९ र १० मा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार जिल्ला समन्वय समितिले आब्हान गरेर सर्वदलिय बैठकबाट समेत कुनै निकास ननिष्किए आईतबार तीनै वडा सहित बेदकोट नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेर आन्दोलनमा उत्रिने बताए । सचिव भट्टले रोजगारी दिने प्रलोभन देखाएर जनतामाथी कुठाराघात भएकाले बताउदै बन्द गराउनका लागि स्थानीय सरकारसंग माग राख्ने बताए । उनले स्थानीय सरकारले पनि कुनै सुनुवाई नगरे चरणबद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिए । 


संघर्ष समितिका संयोजक नर बहादुर विष्टले क्रसर उद्योग अवैधानिक भएको दावि गर्दै ध्वनी प्रदुषणबाट गाउँ नै बर्बाद हुने बताए । उनले एक थोपा रगत र श्वाँस रहुन्जेलसम्म बन्द गराउनका लागि आन्दोलन जारी राख्ने बताए । 

विधी, प्रकृया कानुन अनुसार उद्योग संचालन गरेका छौँ ः संचालक 

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगकाले पुरै विधी, प्रकृया, कानुन अनुसारै उद्योग खोल्न लागेको बताएका छन् । केही विकास बिरोधी तत्व एव व्यक्तिहरुले मात्रै बिरोध गरेको दावि गर्दै उनीहरुले नै स्थानीय उस्काईरहेको बताएका छन् । विकास र रोजगारीका लागि उद्योग संचालन भईरहेको उनीहरुको भनाई छ । 

जमिन समेत दिएका उद्योग संचालक मध्येका एक जना सदस्य अर्जुन बहादुर चन्दले स्थानीयकै सहमतिमा उद्योग खुल्न लागेको बताए । ‘उद्योग खुल्ने थाहा भएपछि केही तत्वहरुले उतिबेलादेखि नै षड्यन्त्र गर्न थाले, ‘उनले भने, ‘विकास र रोजगारी हुने बेला जनता उस्काएर सडकमा लगिदैछ ।’ 

उद्योग संचालनको शुरुवाती चरणमै सर्जीमिन मुचुल्का, दाविबिरोधका लागि दुई पटक सुचना प्रकासित गर्दा समेत कसैले बिरोध नगरेको जनाउदै उनले पछिल्लो समयमा आएर क्रसर उद्योगीबाटै षड्यन्त्र भएको दावि गरे । 

आधुनिक क्रसर उद्योग भएकाले ध्वनी, प्रदुषण, वातावरण दुर्गन्धित नहुने दावि गरे । उद्योगको चारैतिर टिणको घेरबार गरिरहेको उनले बताए । चन्दका अनुसार झण्डै तीन विगाह भन्दा बढि क्षेत्रफलमा निर्माण हुन लागेको उद्योगको संरचना निर्माण प्रकृया करिब अन्तिम चरणमा पुगेको बताए । उनले आधुनिक उद्योगको अवलोकन गराउनका लागि स्थानीयसंग आग्रह गर्दा पनि उनीहरु नगएको बताए । सबै सरकारी निकायबाट पुरै प्रकृया पुरा गरेर उद्योग संचालन हुन लागेको बताउदै उनले विकास र बेरोजगारी अन्त्य गर्ने दावि गरे । उद्योगलाई निर्वाद रुपमा संचालन हुन दिन समेत उनले आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!