डोटीमा २१ वर्षीया युवती सुतिरहेकै ठाउँमा मृत फेला

Posted on: 01 Feb, 2019

माघ १८, डोटी | डोटीमा एक युवती सुतिरहेकै ठाउँमा मृत फेला परेकी छन् | जिल्लाको पूर्वीचौकी गाँउपालिका ५ की २१ वर्षीया पार्वती बोगटी सुतिरहेकै कोठामा मृत अवस्थामा भेटिएकी हुन् । जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा सुतेकी बोगटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।

राति सुतेको कोठामा मृतक बोगटीले आगो बालेको र कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

मृतक बोगटीका श्रीमान शंकर रोजगारीका लागि कोरियामा हुनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!