गाडीको ठक्करबाट एकको मृत्यु

Posted on: 01 Feb, 2019

माघ १८, बेझाड । गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ । 

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले आज बिहान ११:५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिनुभयो । 

अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा हिँड्ने क्रममा विकलाई एक्कासी बसले ठक्कर दिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!