पानीको घैटोमा डुबेर एक जनाको मृत्यु

Posted on: 01 Feb, 2019

लक्ष्मी अर्याल | माघ १८, गुल्मी | गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं ४ बलचौरमा घरमै रहेको पानीको घैटोमा डुबेर एक जनाको मृत्यु भएको छ । 

मुत्यु हुनेमा रुरु गाउँपालिका वडा नं ४ की  २० बर्षकी रक्षा सुनार रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार  घैटोबाट पानी निकाल्ने क्रममा शुक्रबार बिहान करिब ११ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!