बाजुराको जिल्ला प्रशासन कार्यालयमा आगलागी

Posted on: 02 Feb, 2019

माघ १९, बाजुरा । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । 

आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएको बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!