डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 02 Feb, 2019

माघ १९, डोटी । अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा गए राति १२ बजे लु१च २५०८ नंको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । 

बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाजी ४२ वर्षका बब्लुको मृत्यु भएको र डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँ बस्ने वर्ष १९ का शङ्कर राणा र जिप चालक तथा साहु अन्दाजी ५० वर्षीया सुवास प्रजापति घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

जिप सडकबाट करीब २०० मिटर तल खसेका कारण मृतकको शव जिपभित्रै च्यापिएकाले प्रहरी तथा स्थानीयवासीको सहयोगमा निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!