शिक्षक संघ कपुरकोटले पुर्णता पायो

Posted on: 02 Feb, 2019

माघ १९, सल्यान । नेपाल शिक्षक संघ कपुरकोट गाउँपालिकाले पूर्णता पाएको छ । शिक्षक संघ कपुरकोट गाउँकार्यसमितीको पहिलो प्रतिनिधीसभाबाट रिक्त रहेको पदहरु पुर्ति गरेर कार्यसमितीलाइ पूर्णता दिइएको संघले जनाएको छ ।

 महिला उपाध्यक्षमा टंकी राना, अर्थसचिवमा लाल बहादुर कुवर, अर्थसहसचिवमा खुमलाल महतारा, समावेशी सहसचिवमा रमेश घर्ती र महासंघ प्रतिनिधीमा शिवराज वस्नेतलाइ चयन गरिएको शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरीले जानकारि गराएका छन् ।


सो अवसरमा शिक्षक संघ कर्णाली प्रदेशका उपाध्यक्ष रुद्र बहादुर चन्द, सल्यान जिल्ला अध्यक्ष एकराज बुढाथोकी, सचिव युवराज रेग्मी, शिक्षक संघ कालिमाटी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार खत्री, नेपालि काग्रेस कपुरकोटका उपसंयोजक टिकाराम केसी लगाएतकाले बोल्दै शिक्षा क्षेत्रको सुधार तथा शिक्षकहरुको हकहितमा नेपाल शिक्षक संघ क्रियाशिल बन्नुपर्नेमा जोड दिएको  शिक्षक संघ कपुरकोटका अर्थसचिव लाल बहादुर कुवरले जानकारि गराएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!