शुदुर तथा मध्यपश्चिममा गाईने डेउडालाई विश्वभारी फैलाउन पुस्तक प्रकासन

Posted on: 03 Feb, 2019

टेकेन्द्र बोहरा | माघ २०, बझाङ | 

पैलो पल्ट भेट भयाको वोल मैना चरी

तिम्रो वोली नसुनेको भैगो वर्ष भरी... 

शुदुर तथा मध्यपश्चिममा गाईने डेउडा गितहरुलाई विश्वभर फैलाउने उदेश्यले पुस्तक प्रकासन गरिएको छ । 

जिल्लाको खप्तड छान्ना गाँउपालीका वडा नँ ६ पिठातोलाका पुर्व शिक्षक सत्तरी बर्षिय धनराज जोशीले पुस्तक बिमोचन गर्ने बताए   ।

जोशीले लेखेको पुस्तकमा देउडा गितलाई अङ्ग्रेजी भाषामा उनुवाद गरिएको छ, करीव पच्चिस/छब्वीस बर्ष अघि वाजुराबाट शिक्षण पेशा सुरु गरेका जोशीले आफ्नो पेन्सन भत्ता वाफतको खर्च जम्मा गरेर करीव १ लाखको लागतमा पहिलो संस्करण अन्तर्गत 'भेट भयाको वोल मैना चरी, तिम्रो वोली नसुनेको भैगो वर्ष भरी...' भन्ने पुस्तक प्रकाशन गरेको बताए ।

जोशीले यस अघिनै एक पुस्तक प्रकाशन गरेका छन् । 

आगामी दिनहरुमा पनि बझाङको कला सस्कृतिको बारेमा पुस्तक प्रकाशन गर्ने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!