गुल्मीमा पिक अप दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on: 03 Feb, 2019

लक्ष्मी अर्याल | माघ २०, गुल्मी | गुल्मीमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदानमा पिक अप दुर्घटना भएको हो ।

वामी मैदानमा ग १ च ८३५७ नंको पिकअप दुर्घटना हुँदा मुसकिोट नगरपालिका ८ वामीका बर्ष ३० का ठाकुर प्रसाद सापकोटा, सोही स्थानकै ५५ बर्षिय पुतलि सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । 

यस्तै दुर्घटनामा २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं ८ कै बर्ष ४८ की हरिकला कार्की, बर्ष १२ का कमल कार्की रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिए । 

खडकाका अनुसार घाईते २ जनाको वामीमा उपचार भईरहेको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!