कपुरकोटको हिउँदे अधिवेशन माघ २९ गते हुने

Posted on: 03 Feb, 2019

माघ २०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा चालू आर्थीक वर्षका योजना तथा कार्यक्रमहरुमाथी निगरानी बढाउनुपर्ने विषयमा छलफल भएको छ । गाउँकार्यपालिकाको आइतबारको बैठकमा गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले कार्यपालिकाका सदस्यहरुलाइ आआफ्नो क्षेत्रमा सञ्चालन भइरहेका योजना तथा कार्यक्रमहरुको निगरानी, अनुगमन बढाउन तथा सबैसंग समन्वय गरेर अघि बढ्न निर्देशन दिए ।

बैठकले गाउँपालिकाको हिउँदे अधिवेशन यहि माघ २९ गते गर्ने निर्णय पनि गरेको गाउँपालिकाका प्रवक्ता यम कुमार बस्नेतले जानकारि दिए ।


कार्यपालिकाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले सञ्चालन गरेको बैठकमा प्रथम चौमासिकमा भएका कामको समिक्षा समेत भएको छ । समिक्षामा हाल सम्मका काम सन्तोषजनक देखिएको भन्दै उनले जनताको इच्छा र चाहना अनुसारका काम गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जनाए ।

बैठकले निःशुल्क आँखा शिविर सञ्चलन गर्ने, गाउँपालिकाभित्रका मावि तथा निमाविहरुमा किशोरि शिक्षा सञ्चालन गर्ने, सल्यान कारागारमा पुस्तकालय स्थापनाका लागी सहयोग गर्ने निर्णय भएको सूचना अधिकारि जीवराज केसीले जनाएका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समितीका संयोजक तिला बुढा मगरले पालिकाभरि नै सञ्चालनमा रहेका योजनाहरुको समयमै अनुगमन र आवश्यक सरसल्लाह दिने कार्य भइरहेको जानकारि गराएकि थिइन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!