रुकुम पूर्वमा अनिश्चितकालका लागि कर्फ्यू लगाइयो

Posted on: 03 Feb, 2019

माघ २०, रुकुमपूर्व | रुकुमपूर्वको सदरमुकाम बिबादले चरम रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू जारी गरेको छ । सदरमुकामको नाम रुकुमकोट राख्ने कि गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो । 

रुकुमपूर्वको सदरमुकाम गोल्खाडा हुनुपर्ने भन्दै त्यहाँका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि तनाब बढ्न सक्ने देखेर जिल्ला प्रशासन कार्यालयले साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले सिस्ने गाउँपालिका ५ धौलापहिरा खोला, पश्चिमा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको हो । 

प्रसासन कार्यालयले तोकेको स्थानहरुमा कुनै विरोध प्रदर्शन, सभा/जुलुस र भेला गर्न/गराउन निषेध गरिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!