नेपाली काँग्रेस डोल्पाले पनि गर्यो सरकारबिरुद्ध विरोध प्रदर्शन

Posted on: 05 Feb, 2019

टेकबहादुर शाही । माघ २१, डोल्पा । नेपाली काँग्रेस डोल्पाले पहिलो पटक जिल्लामा सरकारबिरुद्ध बिरोध कार्यक्रम गरेको छ । दुईतिहाइको सरकार गठन भएको एक बर्षपछि पहिलो पटक सरकारबिरुद्ध नेपाली काँग्रेस डोल्पाले बिरोध र्याली गरेको हो । 


नेपाली काँग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार ७७ वटै जिल्लामा सरकारबिरुद्ध बिरोध गर्ने कार्यक्रम अनुसार डोल्पामा सोमबार ३ बजेपछि बिरोध र्याली निकालीएको थियो । 

दुईतिहाइको सरकारले जनतालाइ झुक्याएर भ्रष्टाचार गरि रहेको, मन परि निर्णय गरि रहेको, निर्मला पन्तलाइ न्याय नदिएको, बलात्कारका घटना दैनिक बढाइ रहेको जस्ता थुप्रै नारासहित डोल्पा सदरमुकाम दुनैमा काँग्रेसले बिरोध गरेको छ । 

लोकतन्त्रको बिरोधी गतिबिधिमा सरकार लागेको र जनताले सुरक्षाको अनुभुति नगरेकोले अहिलेको सरकार भ्रष्ट र  निकम्म रहेको नेपाली काँग्रेस जिल्ला समिति डोल्पाका सचिव जयनन्द उपाध्यायले आरोप लगाए । 


पेलेर चिकित्सा बिधेयक सँसदबाट पारि गरिनु, डक्टर केसिको अनसन बिना निष्कर्ष बनाइनु, आफुलाइ आवास्यक पर्ने कुनैपनि निकायका काम मनपरि गर्नु, दुईतिहाइ सरकारको दम्ब रहेको पूर्व सभापति दुधकुमारी हमालले बताइ । 

सुखी नेपाली सम्बृद्ध नेपाल नारामा मात्रै रहेको जनताले त्यसको महसुससम्म गर्न नसकेकोले अहिलेको सरकार गफको भरमा चलि रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्णबहादुर न्यौपानेले ठोकुवा गरे । 


जिल्लाका गाँउगाँउबाट सदरमुकाम दुनैमा पुगेको काँग्रेसका कार्यकर्ताहरुले पहिलो पटक डोल्पामा सरकार बिरुद्ध चर्का नारा लगाएका थिए । सँख्यात्मक रुपमा थोरै भएपनि जनताका लागि निकै ठुलो सँख्यामा रहेको र सहि कामका लागि नेपाली काँग्रेस उर्लिएको कार्याकर्ताहरु बताउछन । 

पहिलो पटक दुईतिहाइको सरकार बिरुद्ध बिरोधमा उत्रिएका काँग्रेसका कार्यकर्ताहरु निकै आक्रोसित रहेका थिए । जनतलाइ गफ मात्रै दिएर सेवामा धोका दिने यो सरकारले सँघियताको कुनै औचित्य नराखेको आरोप नेपाली काँग्रेस डोल्पाको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!