दैलेखमा जिप दुर्घटना

Posted on: 05 Feb, 2019

माघ २२, दैलेख । दैलेखको महाबु गाँउपालिका वार्ड नम्बर ४ काप्रिखोला बतासेमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दैलेख बजार तिर जादै गरेको भे १ च २१४१ नम्बरको बोलेरो जिप अनियन्त्रित दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा १४ वर्षीया संगिता बि.क, १४ वर्षकै दिपक शाही, १३ वर्षीया राधा शाही, ४५ बर्षका टोप बहादुर शाही, १५ वर्षीय चित्र बि.क, १२ वर्षीया रेजिना रावल रहेका छन् ।

घाइतेहरु मध्ये ४ जनालाइ जिल्ला अस्पताल दैलेखमा सामान्य उपचारपछि घर पठाइएको छ भने टोप बहादुर शाही र संगिता बि.कलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!