वडा कार्यालय लफ्याङलाई एम्बुलेन्स

Posted on: 06 Feb, 2019

चिसाङ शेर्पा | माघ २३, खोटाङ | वडा कार्यालय लफ्याङलाई लागि एम्बुलेन्स प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङलाई एकवटा एम्बुलेन्स प्राप्त भएको हो । प्राविधिक शिक्षालय स्थापनाका लागि सञ्चालित पुराणको अन्तिम दिन बुधबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लफ्याङलाई दिएकोे एम्बुलेन्स स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. कृष्ण कुमार राईले लफ्याङका वडाध्यक्ष निर्मल राईलाई हस्तान्तरण गरे । प्राप्त एम्बुलेन्सले लफ्याङवासी बृद्ध, गर्भवती महिला र गरीव असाहयलाई जिल्ला अस्पताल दिक्तेलसम्म आवतजावत गर्न निःशुल्क सुविधा दिने वडाध्यक्ष राईले बताए । ‘अन्य के कस्ता सेवा दिन सकिन्छ भन्ने’ विषयमा छिट्टै आगामी दिनमा छलफल गरिने उनको भनाई छ । 


यसैविच, लफ्याङको श्रीमावि बाँसबोटे माविमा प्राविधिक शिक्षालय स्थापनाका लागि गत बुधबार (माघ १६) गतेदेखी सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराण समापन भएको छ । प्राविधिक शिक्षालय स्थापनागरी गाउँघरमै प्राविधिक शिक्षा दिने उद्देश्यले सञ्चालित पुराणबाट (बैंक तथा खातामा जम्मा भएको वाहेक) १९ लाख ५५ हजार ४२५ रुपैयाँ आर्थिक संकलन भएको श्रीमावि बाँसबोटेका विद्धालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए । शिक्षाजस्तो महान कार्यको थालनीमा सवैले देखाएको साथ सहयोगबाट प्राविधिक शिक्षालय स्थापना गर्नमा हौसला बढेको र प्राविधिक शिक्षालय स्थापना गरेरै छाडिने विव्यास अध्यक्ष राईले बताए । 

माथिको तश्विरमा: एम्बुलेन्सको बिलबुक वडाध्यक्ष निर्मला राईलाई हस्तान्तरण गर्दै  डा. कृष्ण कुमार राई । तश्वीर: चिसाङ शेर्पा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!