भक्तपुरमा एक महिला मृत अवस्थामा फेला

Posted on: 08 Feb, 2019

माघ २५, काठमाडौं । भक्तपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । भक्तपुर नगरपालिका-२ ठूलो ब्यासी स्थित पोखरीमा सोही नगरपालिका वडानम्बर ३ बताले कि ४९ वर्षीया गंगा छुकाँ मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

महिला मृत भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट मृतक गंगा बिहीबार साँझ घरबाट निस्किएको बुझिएको र बाँकी अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!