पर्वतमा लायन्स क्लवहरुको संख्या बढ्दै, फेरी आयो भुमेकोट लायन्स

Posted on: 10 Feb, 2019

पर्वत–लायन्स क्लव अफ पर्वत कुश्मा सिटीद्धारा स्पोन्सर गरिएको नवगठित लायन्स क्लव अफ भूमेकोटका पदाधिकारीको पदास्थापन गराइएको छ ।

कुश्मामा भएको एक समारोहमा अध्यक्ष नवराज भण्डारी सहित २१ जना पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो । प्रमुख अतिथी लायन्स क्लव ३२५ बि. वानका डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठको उपस्थितीमा सपथ ग्रहण, पिन बितरण र पदास्थापन समारोह भएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरिका १४ लाख लायन्सकर्मीहरु मानविय सेवामा समर्पित भएर लागेको बताउनुभयो ।

बिदेशबाट सहयोग ल्याएर विभिन्न ठाउँमा अस्पताल सञ्चालन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, दीनदुखीहरुलाई आर्थिक सहयोग गर्दै लायन्स क्लव अगाडी बढिरहेको श्रेष्ठले बताउनुभयो । लायन्स क्लव अफ पर्वत कुश्मा सिटी र लायन्स क्लव अफ भूमेकोटलाई उहाँले सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा पूर्व गर्भनर युक्तप्रसाद श्रेष्ठ, डिष्ट्रिक चिफ पिआरओ परमेश्वर बराल, को चिफ एडभाईजर काशीकुमार जोशी, रिजन चियर पर्सन सरस्वती भण्डारी, लायनस क्लव अफ भूमेकोटका अध्यक्ष नवराज भण्डारी र पर्वत जेसिजका अध्यक्ष मोहन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका अध्यक्ष सरस्वती शर्मा ‘जिज्ञाशु’ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मञ्जु शिलाकार, सञ्चालन सचिव सरस्वती बस्नेतले गर्नुभएको थियो भने ध्वजाको अभिवादन प्रभारत्न जोशीले गर्नुभएको थियो ।

उक्त समारोहमा काशीकुमार जोशी,कमलनाथ शर्मा, सरस्वती भण्डारी,सरस्वती शर्मा ‘जिज्ञाशु’, र अजिता शर्मालाई लायन्स क्लवको ईण्टरनेशनल पिन लगाई उत्प्रेरणा प्रदान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!