गुल्मीमा ७० वर्षीय वृद्दद्वारा आफ्नै १३ वर्षीया नातिनी बलात्कृत

Posted on: 11 Feb, 2019

माघ २८, बुटवल । आफ्नै नातिनी बलात्कारको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ परेका छन् । बृद्धले खुकुरी देखाउँदै आफ्नै १३ वर्षीया नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । 

जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्थे र वृद्द घरमा २ नातिनीहरुको साथमा बस्दै आएका थिए । पीडितबाट उजुरी परेपछि प्रहरीले भारतको आशाम पुगेर पक्राउ गरेको जनाएको छ । 

प्रहरीले ती बृद्धको नाम गोप्य राखेको छ । 

प्रहरीका अनुसार गुल्मीको जोहाङ्ग स्थित विवाहमा आएका बाग्लुङ्गका २४ बर्षिय युवाले पनि १२ बर्षिया बालिकालाई बिवाह गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेका छन् । उनलाई गुल्मी लुम्छाबाट प्रहरीले पक्राउ गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!