छुरा प्रहार गरी महिलाको हत्या

Posted on: 12 Feb, 2019

माघ २९ , इनरुवा  ।  सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । 

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो ।  हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागार्इंले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!