श्रीमान विदेशमा रहेको बेला प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी युवतीको छुरा प्रहार गरि हत्या

Posted on: 12 Feb, 2019

माघ २९, काठमाडौं । सुनसरीमा आफ्नै प्रेमिले छुराले हानेर प्रेमिकाको हत्या गरेका छन् । ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको खुलेको हो ।

इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो ।

हत्या आशंकामा प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।

लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ ।

सोही विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!