नेपाल साँस्कृतिक कलाकर्मी संघ डोटीको अध्यक्षमा: बम

Posted on: 12 Feb, 2019

माघ २९, डोटी | नेपाल साँस्कृतिक कलाकर्मी संघ जिल्ला शाखा डोटीको प्रहिलो भेलाले  अध्यक्ष  पदमा संगीता बमलाई  निर्बिरोध चयन गरेको छ।  नेपाली काङ्ग्रेस पार्टी कार्यालय सिलगढी डोटीमा मङ्लबार  गरिएको पहिलो भेलाले उपाध्यक्षमा पदमा अमर बोगटी , महासचिवमा हरि कृष्ण ताम्राकार , उप-महासचीव पदमा मनोज बम ,कोषाध्यक्ष पदमा निर्मला बोहरा (ओलि) लगायत १५ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ ।

भेलाको उद्घाटन सत्रमा बोल्दै नेपाली काङ्ग्रेस डोटीका जिल्ला  सभापति प्रदीप देउवाले नेपाल साँस्कृतिक कलाकार कर्मी संघको आवश्यकता खड्कियका बेला जुझारु  नंया नेतृत्व आउनु खुसीको कुरा भएको बताए । संगठनलागि  कलाकारहरुको महत्वपूर्ण भुमिका रहने भन्दै नंया कार्यसमितिलाई पार्टीले जति बेला पनि सहयोग गर्ने बताए ।

त्यस्तै उद्घाटन सत्रमा बोल्दै नेपाल साँस्कृतिक कलाकर्मी संघका केन्द्रिय उपाध्यक्ष सुरत रावल डोटेली कान्छाले कलाकर्मी संघलाइ संरक्षण गर्नु अहिले आवश्यकता रहेकोे बताए । आफू उपाध्यक्ष भइ सके पछी  सुदुर पश्चिम प्रदेशको कंचनपुर जिल्ला बाहेक अन्य आठ वटा जिल्लामा जिल्ला भेला गरि नयाँ नेतृत्व चयन गरेको समेत उनले बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला सदस्य जित बहादुर खड्काले कलाकारिता माध्यमवाट धेरै परिवर्तन गर्न सकिने बताए ।

संगिता बमको सभापतित्वमा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश वम,प्रेस युनियन प्रदेश पार्सद मोहन शाही लगायतको उपस्तिथि रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!