आज दुबई, कतार, साउदी मलेसिया लगाएत विदेशी मुद्राको मुल्य कति छ ? हेर्नुहोस

Posted on: 13 Feb, 2019

 फागुन १, काठमाण्डौ । मंगलबारको तुलनामा बुधबार डलरसहित केही विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ ।

बुधबारको लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९३ पैसा तथा बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८७ पैसा छ ।

कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!