विश्वकै सबैभन्दा ठूलो ज्यान भएका रोली नेपाल आइपुगे

Posted on: 14 Feb, 2019

फागुन २, काठमाण्डौ । विश्व बडी बिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका रोली विंक्लार नेपाल आइपुगेका छन् । 

नेपालमा आयोजना हुन लागेको आईएफबीसी नेपाल बडी बिल्डिङ च्याम्पियनसिपको प्रो–क्वालिफायर्सका लागि उनी नेपाल आएका हुन् ।

आज विमानस्थलमा रोलीलाई नेपाली पूर्व बडी बिल्डर तथा आईएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरेका हुन् । विंक्लालारलाई विमानस्थलमा खादासहित नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो । 

उनले यो प्रतियोगितामा गेष्ट पोजरका रुपमा स्टेजमा प्रवेश गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!