घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा

Posted on: 15 Feb, 2019

फागुन ३, काठमाडौं | घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकले आफुविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि त्यसवाट बच्नको लागि राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् ।

पाठक राजिनामा दिन केहीबेर अघि मात्रै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । यद्यपि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै प्रतिकृया दिइसकेको छैन । 

पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । 

आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको बताइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!