प्राकृतिक सौन्दर्यताको बेजोड नमुना, दाङ मुलकोटको सिद्ध चमेरे गुफा

Posted on: 16 Feb, 2019

शंकर के सी । सल्यान, ३ फागुन । दाङ तुलसिपुरको पहाडी क्षेत्र मुलकोट । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण । वरिपरि लेक र छाँगा, छहरा, पहरा । विचमा सिद्ध चमेरे गुफा । ऐतीहासिक र धार्मिक महत्व बोकेको यस गुफाको पर्याप्त विकास, व्यवस्थापन र उचीत प्रचारप्रशार हुन नसकेपनि पछिल्लो समय धेरैको पर्यटकीय गन्तव्य बनेको छ ।


तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोटमा अवस्थीत सिद्ध चमेरे गुफा हेर्न आउनेहरुको संख्या क्रमिक रुपमा बृद्धि हुदै गएको गुफा ब्यवस्थापन समितीले जनाएको छ । गुफाको रेखदेख र टिकट शुल्क उठाउनका लागी स्थानीय सिताराम पुन मगरलाइ जिम्मेवारि दिइएको छ । पुनले भनेका छन्, ‘यस गुफामा आउनेहरु बढ्दै गएका छन् । शनिबारको दिनमा त सय जना भन्दा धेरैले गुफाको अवलोकन गर्छन् ।’ उनका अनुसार अन्य दिनमा पनि मानिसहरु आइरहने गर्छन् ।

राप्ती लोकमार्गको तुलसिपुर सल्यान सडकखण्ड अन्तर्गत तुलसिपुरदेखि करिव १० किलोमिटर उत्तरतर्फ हरनेटी भन्ने स्थानबाट गुफासम्म पुग्न सकिन्छ । व्यवस्थापन समितीका अध्यक्ष भुप बहादुर पुनका अनुसार हरनेटीबाट गुफा भएको स्थानको थोरै माथी सम्म मोटरबाटो पुगेको छ । यस्तै गुफाको केहि तल सम्म दाङको पर्सेनीबाट पनि मोटरबाटो आएको अध्यक्ष पुनले जनाए ।

चमेरे गुफाको वातबरण निकै शान्त छ । गुफाका भित्ताहरुमा अनेक आकृति देख्न सकिन्छ । शिव, बाघ, सर्प लगाएको आकृती रहेको यस गुफा भित्र निकै अध्याारो छ । विजुली बत्तीको ब्यवस्था गरिएको गुफामा १२० वाटको सोलार पनि जडान गरिएको छ । यद्यपी गुफाभित्र जडान गरिएका वत्ती निकै मधुरो रहेका छन् । अवलोकन गर्न जानेहरुले आफै टर्च लाइट नलगेमा गुफाभित्रको सबै अवस्था हेर्न मुस्कील पर्छ ।

गुफाभित्र र वाहिर २ वटा शिवजी को मुर्ती रहेको छ । धेरैले शिवजीको पुजा आरधाना पनि गर्नेगर्दछन् । गुफाभित्र अर्काे तला हेर्न र त्यहाँका ओढारहरु हेर्नका लागी फलामको भर्याङहरु बनाइएको छ । यद्यपी भर्याङहरु खिया लागेर जीर्ण अवस्थामा पुगीसकेको छ । उचीत व्यवस्थापनको अभावमा रहेको सिद्ध चमेरे गुफा प्राकृतीक सौन्दर्यताको एक बेजोड नमुनाको रुपमा रहेको छ ।

स्थानीयका अनुसार यो गुफा २०५५ सालतीरबाट मात्रै चर्चामा आउन लागेको हो । किनकी विकट क्षेत्रमा अवस्थीत छ । स्थानीय मोतीराम ओलीले भने, ‘भर्खर भर्खर यो गुफा चर्चामा आउन थालेको हो । रेडियो, टिभी र पत्रपत्रीकामा गुफाको बारेमा केहि कुरा आए झनै प्रचार हुने थियो ।’ यस गुफा रहेको मुलकोट गाउँ पनि निकै मनमोहक छ । शितल वातावरण, कहिलै नसुक्ने पानीका मुल, माहुरी पालन तथा बाख्रा पालन र तरकारि खेतीका लागी उपयुक्त मानिने यस क्षेत्र घुमन जाने जोकोही पनि गाउँले वातावरणको मजा लिन सक्छन् ।

मुलकोटको लेकबाट दाङको दक्षिण तर्फ हेर्दा तुल्सीपुर, घोरनेटी, पर्सेनी, विजौरी, हलवार, खाद्रे वनरी र अन्य समथर मैदान देख्न सकिने स्थानीय शुकमाया पुनले बताइन् । यहि भएर हिजो आज दैनिक ३५ देखि ४० वटा सम्म मोटरसाइल मुलकोट क्षेत्रमा आउने गरेको उनले बताइन् । पर्यटन विकासको अत्यन्तै सम्भावना बोकेको चमेरे गुफाको उचीत व्यवस्थापन र प्रचारप्रसार हुन सक्ने हो भने विदेशी पर्यटकहरुको पनि मुख्य आकर्षणको केन्द्र बन्ने देखिन्छ ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!