नरैनापुरमा धार्मिक मेला शुरु

Posted on: 16 Feb, 2019

फागुन ४, नेपालगञ्ज | बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद नूर अहमद शाह रहमत तुल्ला अलैह उर्सको धार्मिक मेला शुरु भएको छ । अठार वर्षसम्म पहाडमा तपस्या गर्नु भएका तत्कालीन धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झनामा प्रत्येक वर्षको वसन्त पञ्चमीपछि मेला लाग्ने गर्दछ । 

मेला यही फागुन १२ गतेसम्म चल्ने आयोजक समितिका प्रबन्धक तौहीद अहमद शाहले बताउनुभयो । उहाँका अनुसार मेलामा सामूहिक भण्डारा, प्राथना, कब्बाली, नाच तथा जादुई खेललगायतका क्रियाकलाप हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!