केहीबेर अघि काठमाडौँमा गएको भूकम्प २०७२ कै पराकम्प कि नयाँ भूकम्प ?

Posted on: 16 Feb, 2019

फागुन ४, काठमाडौँ (रासस) | केहीबेर अघि कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो । 

त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!