दिदीबहिनी महोत्सवमा भजन गाउँदा गाउँदै महादेव,पार्वती उत्रिएपछि (भिडियोसहित)

Posted on: 18 Feb, 2019


शिला पाण्डे, पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा भजनको रौनक बढेको छ ।

विभिन्न सांस्कृतिक समुहहरुले भजन प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरिरहेका छन् ।


लोक संस्कृतिको जर्गेनाको लागि भजन प्रतियोगिताको आयोजना गरेको रेडियो दिदीबहिनी कि अध्यक्ष एवं पूर्व सांसद कल्पना चापागाइले  बताइन ।

उनका अनुसार भजन प्रतियोगितामा विजेता हुने टिमले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।


त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत चलिरहेको छ । डान्स आइडलको सेमी फाइनलका नृत्यहरु प्रस्तुत भइरहेका छन् ।  प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् ।  

महोत्सवको आज९ औं दिन विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोले जनाएको छ । कार्यक्रममा प्रकाश सपुत, कुलेन्द्र विक लगायतका हाँस्य कलाकारहरुको प्रस्तुती रहनेछन् ।


महोत्सवमा अपाङ्कता भएका ब्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई परिचयपत्रका आधारमा टिकटमा निशुल्क गरिएको छ । महोत्सवका ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० को टिकट रहेको छ ।

२०६६ साल फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।


भिडियो




यस बिषयमा तपाइको प्रतिक्रिया...!