१० वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा एक भारतीय नागरिक पक्राउ

Posted on: 18 Feb, 2019

फागुन ६, धनुषा | जनकपुरमा १० वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । 

बलात्कार प्रयास आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भइ अहिले जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्षका सञ्जय ठाकुर रहेको प्रहरीले जनाएको छ ।

ठाकुरले जनकपुर उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लगेर बलात्कार प्रयास गरेका थिए ।  उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!