सोनवागढमा बेलायती भूगर्भ विदद्धारा सर्वे

Posted on: 18 Feb, 2019

माधव बेल्वासे | फागुन ६, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ३ सोनवागढमा विदेशि विदहरु द्धारा सर्वे भएको छ । भितिरिया गाउँमा रहेको उक्त मन्दिरमा वेलायतको दुर्हम बिश्व बिद्यालय, पुरातत्ब बिभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले सर्वे गरेको हो । 


मन्दिर परिसरमा जमिनको सतह देखी ३ देखी ५ मिटर गहिराई सम्म जि पि आर मार्फत भु भौतीक सर्वे गरिएको छ । वेलायती भुगर्भ विद डङकन र लाहुर ले मन्दिर परिसर भित्र रहेको क्षेत्रको सर्वे गरेका हुन ।सर्वे पश्चात जमिनको सहतमा वाट मेसिनले ५ मिटर गहिराई सम्म रहेका संरचनाको बनावटको बारेमा पत्ता लाग्ने छ  । जसवाट आगामी उत्खनन्को लागी सहयोग पुग्ने छ ।

कपिलवस्तुको तिलौराकोट क्षेत्रमा उत्खनन् गर्न आएको विदेशि टोली सोनवागढ आएको हो । प्रदेश सभा सदस्य अर्जुन केसीले  दुर्हम बिश्व बिद्यालयका प्रोफेसर रबिन कनिङघम लाई सोनवागढको वारेमा जानकारी दिएपछी विदहरुको टोली सोनवागढ आएको हो । सोनवागढ एक एतिहासिक स्थल रहेकाले यसलाई संरक्षणको खाचो रहेको विदहरुको भनाई छ ।

जिल्लाको पश्चिमि क्षेत्रमा रहेको पुरातत्वीक स्थान सोनवागढ क्षेत्रको विकास र वास्तविकता पत्ता लगाउन अहिले त्यस क्षेत्रमा विभिन्न कामहरु भइरहेका छन ।सोनवागढ मन्दिर परिसरमा पुष १० गते वाट पहिलो पटक उत्खनन भएको थियो । मन्दिरको दक्षिण र पश्चिम क्षेत्रमा रहेका २ ढिस्कोहरुमा उत्खनन गर्दा गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको थिए  ।

सोनवागढको वास्तविकता पत्ता लगाउन लुम्बिनी विकास कोषको प्राविधिक सहयोगमा उत्खनन भएको हो ।  कोषको पुरातत्व विभागले गत वर्षदेखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आएको थियो । नदी कटानको चपेटामा परेको सो क्षेत्रलाई नियन्त्रण गर्न गत वर्ष तटबन्धनसमेत गरिएको थियो । कोषको पुरातत्व विभागको टोलीले गत वर्षदेखि नै मन्दिर क्षेत्रमा खोज र अनुसन्धान सुरु गरेको हो ।

चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित उक्त मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सोनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । उत्खननको क्रममा केहि महत्वपूर्ण इतिहास भेटिए सगै मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आशा गरेका छन ।

जमित भित्रका संरचनाको वारेमा जानकारी पाउनु अवसर रहेको प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले वताए । “सोनवागढ एक एतिहासिक तथा पुरातत्वीक स्थल हो यसको वारेमा जानकारी लिन आवश्क छ” उनले भने  । पहिलो पटकको उत्खनन्मा एतिहासिक वस्तुहरु फेला परेको भन्दै यस सर्वे पछि पुन निश्चित ठाउमा उत्खनन गरिने केसीले जनाए । 

संरक्षण अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै वस्तुहरू चोरी भइसकेकाले यस मन्दिरलाई संरक्षण गर्नुपर्ने वडा अध्यक्ष टेकलाल सापकोटाले वताए । सोनवागढ आवत जावतमा समस्या रहेको औल्याउदै यसमा पहल भइरहेको जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!