पशुपति शर्मालाई समर्थन गर्दै कर्णालीका कलाकारले निकाले यस्तो गीत- ‘छैन तेरो भर...’ (भिडियो)

Posted on: 19 Feb, 2019

फागुन ७, काठमाडौँ | गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ को चर्चासंगै त्यसको समर्थनमा बिभिन्न स्थानबाट सरकारको बिरोध भएका छन् । विभिन्न पक्षबाट दबाब आएपछि युट्युबबाट पशुपतिले गीत हटाएपछि चर्चा चुलिएको छ । पशुपति आफैले गीत हटाए पनि दवाब दिएर हटाएको भन्दै सरकारको बिरोध भएको छ । 

सरकारले औपचारिक रुपमा प्रतिबन्ध नै नभने पनि दबाबमा पारिएर गीत हटाउन बाध्य बनाइएको भन्दै त्यसको आलोचना गरिएको हो । सिर्जनात्मक अभिव्यक्तिमाथि लोकतान्त्रिक सरकारले अंकुश लगाएको भन्दै विरोधमा प्रदर्शन भएका छन् । 


सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । तर अधिकांशले गीत हटाउन बाध्य पारिएको घटनाको विरोध गरेका छन् । यहि क्रममा कर्णालीका कलाकारहरुले पशुपति शर्माको समर्थनमा गीत गाएका छन् । उनीहरुले ‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौँ देश निकाला गर’ बोलमा लोक लयको गीत गाएका हुन् ।

कर्णालीका कलाकार तथा पत्रकारहरु मिलेर निर्मलाका बलात्कारी खै, अब जनता सहन सक्दैनन्, यो लोकतन्त्र भएकोले सत्य बोल्ने अधिकार भएको भन्दै सरकारलाई हिम्मत भए देश निकाला गर भन्दै चेतावनीसमेत दिएका छन्।

भिडियो हेर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!