दुर्घटना अपडेटः चार जनाको मृत्यु

Posted on: 20 Feb, 2019

फागुन ८, बलेवा (रासस) | बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ । 

ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिनुभयो । दुर्घटनामा १२ जना घाइते भएका छन् । 

घाइते धना श्रीष, विष्ना श्रीष, सङ्गम श्रीष र सम्झना पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ । जिपमा करीब ३० यात्रु रहेको प्रहरीचौकी बेलवगरका प्रहरी जवान शङ्कर थापा क्षेत्रीले जानकारी दिनुभयो । 

जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा परेको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!