‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना

Posted on: 20 Feb, 2019

फागुन  ८, काठमाडौँ  (रासस) | ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । चार दशकदेखि नेपालमा जैविक विविधता र संरक्षणको क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका बेलायतका संरक्षणकर्मी फिल्ड मार्सल सर जोन चाप्पल (field marshal Sir John Chapple) को सम्मानस्वरुप नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा सेन्टर स्थापना गरिएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । 

मङ्गलबारदेखि सञ्चालनमा आएको केन्द्रले संरक्षण क्षेत्रमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास रहेको वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले बताउनुभएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गर्नुभएको थियो । विसं २००७ को राजनीतिक परिवर्तनपछि यसको स्वामित्व नेपाल सरकारमा आएको थियो । 

विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानामा २०५२ देखि यसको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइएको छ । अहिले यहाँ वन्यजन्तु संरक्षण र व्यवस्थापन, संरक्षण शिक्षा र अध्ययन अनुसन्धान, मनोरञ्जन तथा प्रकृति संरक्षणबाट जनचेतना दिने कार्य हुँदै आएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक पोखरेलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!