भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

Posted on: 20 Feb, 2019

फागुन ८, भक्तपुर | काभे्रको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ । 

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!