रामेछापमा नवजात शिशुको शव भेटियो

Posted on: 21 Feb, 2019

फागुन ९, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीको जंगलमा एक शिशु मृत अवस्थामा भेटिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीका स्थानीयहरुले पानीको पाइप हेर्दै जाँदा भुजीको थास्कुमा बुधबार अपह्रान मृत शिशुको शव भेटेका हुन् ।

साल–नाल काटेको मृत शिशुको शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाउने वित्तिकै प्रहरी घटना स्थलमा पुगी कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शिशुको सव प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धन भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!