बैतडीबाट ६७ महिला बेपत्ता, १० जना भेटिए, ५७ को अवस्था अज्ञात

Posted on: 21 Feb, 2019

कृष्ण बिष्ट । फागुन ९, बैतडी ।  बैतडीमा युवती र महिलाहरु हराउने क्रम बढ्न थालेको छ । ०७५ बैशाख देखि माग मसान्त सम्म बैतडीबाट ३२ जना महिला हराएको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकले  देखाएको  छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा ३५ जना युवती र महिला हराएका छन् भने २०७५ को बैशाख देखि माग मसान्त सम्म ३२ जना  महिला हराएको  जिल्ला प्रहरिकार्यालयका डिएसपी  नेत्रमणि गिरीले  जानकारी दिनुभयो ।  

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको १० महिनाको  अवधिमा बैतडीबाट ६७ महिला  र युवति हराएको  जिल्ला प्रहरि कर्यालय  बैतडीले जनाएको छ । महिला र युवती हराएपछि प्रहरीलाई खोजी गरिदिन निवेदन आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख गिरीले बताउनुभयो ।

 जिल्ला  प्रहरी बैतडीका अुसार हराएका महिलामध्ये अहिलेसम्म १० जना मात्र फेला परेको र फेलापरेका महिलाहरुको उद्धार गरि सम्बनधीत स्थानियको  जिम्मा लगाइ सकेको  बताउनुभयो । १० जनाको  उद्धार  भइसके पनि अझै ५७ जना महिलाहरु बेपत्ता रहेको जनाइएको  छ । 

 खुला सिमाना भारत भएका कारण  र रोजगारी देखि समान्य उपचारसम्म भारत जानुपर्ने बाध्यताका कारण महिलाहरु बेचबिखनमा परेको हुन सक्ने जिल्ला प्रहरि कर्यालय  बैतडीका प्रहरी उपरिक्षक गीरीको भनाइ छ । 

अहिलेसम्म १० जना मात्र फेला परेको र फेलापरेका महिलाहरुको उद्धार गरि सम्बनधीत स्थानियको  जिम्मा लगाइ सकेको  बताउनुभयो । १० जनाको  उद्धार  भइसके पनि अझै ५७ जना महिलाहरु बेपत्ता रहेको जनाइएको  छ । 

 खुला सिमाना भारत भएका कारण  र रोजगारी देखि समान्य उपचारसम्म भारत जानुपर्ने बाध्यताका कारण महिलाहरु बेचबिखनमा परेको हुन सक्ने जिल्ला प्रहरि कर्यालय बैतडीका प्रहरी उपरिक्षक गीरीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!