कञ्चनपुरका निजी श्रोत शिक्षक आन्दोलनमा

Posted on: 21 Feb, 2019

भाष्कर के.सी । फाल्गुन ९, कञ्चनपुर । नेपाल शिक्षक महासंघको फाल्गुन १० गते कञ्चनपुर जिल्लाका प्रत्येक नगरपालिका तथा गाँउपालिकाहरुमा सम्पूर्ण शिक्षकहरु तथा कर्मचारीहरुको हकहित र अधिकारका लागि भन्दै निर्वाचन भईरहेको छ भने त्यस निर्वाचनलाई खारेज गर्नु पर्ने भन्दै निजी श्रोत शिक्षक आन्दोलनमा उत्रिएका  छन् । 

उनीहरुले भीनपा बजारमा विरोध र्याली प्रर्दशन गरी जिल्ला शिक्षा समन्वयमा विरोध प्रर्दशन गर्नुको साथै कोण सभा गरेका छन् । 


नेपाल सरकारकाले विधानमै स्थायि शिक्षकलाई मात्र महासंघको चुनावमा भाग लिन पाउने भने पछि निजी श्रोतका शिक्षकहरु यस निर्वाचनमा भाग लिन बाट बञ्चित भएका छन् ।

जति मेहनत स्थायि शिक्षकले गर्दछन् त्यति नै मेहनत आफुहरुले पनि गर्ने, साथै विद्यार्थीहरुको चौतर्फी विकासको लागि आफुहरुले पनि लागि पर्ने तर निजी श्रोतका शिक्षकलाई असमान व्यवहार हुने गरेकोले आफुहरुलाई पनि स्थायी शिक्षक सरह समान व्यवहार गर्नुको साथै तत्काल निजी श्रोत शिक्षकले पनि निर्वाचनमा भाग लिन पाउनु पर्ने निजी श्रोत शिक्षकका अध्यक्ष भुपेन्द्र सिह धामीले बताउनु भयो ।  


शिक्षकहरुमा भएको असमान व्यवहार हटाउनु पर्ने, कर्मचारी (पिउन), पाले, लेखापालले शिक्षक महासंघको निर्वाचनमा भाग लिन पाउने आफुहरु शिक्षक भएर पनि उक्त निर्वाचनमा भाग लिन नपाउने किन सरकारले यस्तो विभेद पूर्ण व्यवहार गरेको ? त्यसकारण फाल्गुन ११ गते हुने निर्वाचन रोक्नु पर्ने पदम बहादुर खडकाले भन्ने ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका स्थिीत धर्मजन्ता स्टेशनपुरमा विगत २२ वर्ष देखि अध्यापन गर्दै आएकि शिक्षीका पुनु बमले रिटायर्ड हुने बेला भएको तर सरकारले कहिले पनि आफुहरुलाई समान व्यवहार नगरेर सधै सौतेला व्यवहार गरेको आफुले पढाएका विद्यार्थी डाक्टर, इन्जिनीयर भएर देशको सेवा गरिरहेका छन् आफुले पनि सधै इमान्दारीका साथ शिक्षण पेशा गर्दै आइरहेको तर सरकारले आफुहरुलाई असमान व्यवहार गरेको बताउनुभयो ।

त्यसैगरी विहीबार सामुदायिक विद्यालयका निजी श्रोत शिक्षक संगठनले शिक्षकहरुलाई गरिएको विवेधकारी अन्ययाको अन्त्य गर्ने विद्यामान शिक्षा ऐनमा सुधार गर्न माग गर्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यलयका, प्रमुख जिल्ला अधिकारी मार्फत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!