महेन्द्रोदय माविलाई पक्की भवन

Posted on: 23 Feb, 2019

चिसाङ शेर्पा | फागुन ११, खोटाङ | खोटाङको महेन्द्रोदय मावि याम्खामा विद्धालयको पक्की भवन सञ्चालनमा आएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित उक्त माविमा चार कोठे पक्की भवन सञ्चालनमा आएको हो ।

आर्थिक वर्ष २०७३÷०७४ मा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको ६१ लाख ४६ हजार बजेटबाट निर्मित विद्धालयको भवन शुक्रबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् । उद्घाटनसँगै आजबाट विधिवत रुपमा विद्धालयको भवन सञ्चालनमा आएको छ । २०७४ बैशाख १ गतेबाट निर्माण थालिएको विद्धालयको भवन गत असार २२ मा निर्माण सम्पन्न भएको थियो ।

प्राधिकरणको बजेटमा भवन बने पनि निर्माण चरणमा विभिन्न स्थानीयवासीले जनश्रमदान तथा स्थानीय सामग्री उपलब्ध गराएका थिए । भवन ढलानका क्रममा तरुणदल क्षेत्रिय सभापति सुरेश राई र नेविसंघका उपाध्यक्ष नयन्द्र राईले ५०÷५० हजार बराबरको जनश्रमदान, भेरीखोर सामुदायिक बनले ४० किबि काठ, स्थानीय समाजसेवी नारायण प्रसाद राईले ढालनका लागि बाँस उपलब्ध गराएको प्रधानाध्यापक विष्णुकुमार कार्कीले बताउनुभयो । यसअघि दश कोठे भवनमा अध्ययन÷अध्यापन भइरहेको मावि विद्धालयलाई थप चारवटा कोठा व्यवस्थापन भएपछि सहज हुने विद्धालयले जनाएको छ । २०१४ सालमा स्थापना भएको उक्त विद्धालयमा हाल  २ सय १६ जना बिधार्थी अध्ययनरत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!