सर्लाहीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु

Posted on: 23 Feb, 2019

फागुन ११, सर्लाही । सर्लाहीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । 

शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका -१ का २९ वर्षीय चालक राजेश  महतोको ज्यान गएको हो ।

गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन । गम्भीर घाइते भएका उनको थप उपचारको लागि चितवनको भरतपुर लादै गर्दा बाटोमै मृत्यु भएको हो ।

परीक्षणको लागि ट्रयाक्टर चलाउने क्रममा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!