आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

Posted on: 25 Feb, 2019

फागुन १३, ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ परेकी छिन् । 

फुङलिङ नगरपालिका २ रिजाललाइनमा कोठामा बस्ने मिक्वाखोला–१ खोक्लिङ घर भएकी ३२ वर्षीय पूजा चेम्जोङ लिम्बू छोरीको हत्या आरोपमा पक्राउ परेकी हुन् ।

लिम्बूले गएको फागुन १० गते आफ्नै चार वर्षीया नाबालिका छोरीको कुटपीट गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

१० गते बिहान कुटपीटबाट घाइते भएकी नाबालिकालाई इलाम अस्पताल पुर्‍याइएको थियो । नाबालिकाको अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ । 

छोरीको हत्या गर्ने लिम्बूलाई प्रहरीले पक्राउ गरी कानुन बमोजिम कारबाही अगाडि बढाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!