बाजुरामा चोरी सिकारी बढ्दै

Posted on: 26 Feb, 2019

फागुन १४, बाजुरा | एक महीनादेखिको हिमपातका कारण चोरी सिकारी बढ्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार त्रिवेणी नगरपालिकामा वन्यजन्तु मारिरहेको अवस्थामा दुई जनालाई भरुवा बन्दुकसहित बडिमालिका प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ का ३३ वर्षीय कृष्ण मिजार र सोही वडाका १८ वर्षीय खड्क अएडी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो । सोही नगरपालिकाको–८ बाधापानी जङ्गलबाट वन्यजन्तुको सिकार गर्ने क्रममा दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको गुरुले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!